१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण २६ सोमबार १४:३५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धरानमा ५५ जना काेराेना संक्रमित, बिमारी राख्न अस्पतालमा बेड अभाव 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २६ सोमबार १४:३५:००

धरानमा मास टेष्टिङबाट साेमबारसम्म ५५ जनामा कोरोना पुष्टि भएकोे छ । 

उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले पाँच दिनमा समुदायस्तरमा एक हजार नौ सयजनाको स्वाब परीक्षण गर्दा ५५ जनामा पोजेटिभ देखिएको बताए । 

धरानमा सोमबार थप नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरिएको थियो । 

धरान– ८ स्थित औद्योगिक क्षेत्रको प्रिती भल्भ एन्ड फिटिङ कम्पनीका एक कर्मचारीमा १५ साउनमा कोरोना देखिएको थियो  । अहिले सो कम्पनीमा काम गर्ने १७ जनामा पोजेटिभ देखिएको मेहताले जानकारी दिए । एकैपरिवारका पाँचजनासम्ममा कोरोना संक्रमण भएको छ ।  

बिपी प्रतिष्ठानको आइसोलेसन वार्ड भरिएपछि संक्रमितहरू होम आइसोलेसनमा 
एक सय बेड क्षमताको धरानस्थित बिपी प्रतिष्ठानको आइसोलेसन वार्ड संक्रमितले भरिएपछि थप संक्रमितलाई राख्ने स्थानको अभाव भएको छ । 

शनिबार साँझ बिपी प्रतिष्ठानका दुई चिकित्सकसहित तीनजनालाई प्रतिष्ठानको आवास क्षेत्रमै आइसोलेसनमा राखिएको छ ।

यस्तै, सोमबार परिचान भएका नौजनामध्ये पाँचजनालाई पनि होम आइसोलेसनमा राखिएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए ।

बिरामीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको मेहताले बताए ।