१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २६ सोमबार १२:४९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

मोरङ जिल्ला अदालतका एक न्यायाधीशमा कोरोना संक्रमण, थुनछेक बहस प्रभावित

Read Time : < 1 मिनेट
२०७७ श्रावण २६ सोमबार १२:४९:००

जिल्ला अदालत मोरङका एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएकाे छ । 

आइतबार स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा एक न्यायाधीश संक्रमित देखिएका हुन् । 

अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार मोरङ अदालतका आठजना न्यायाधीशमध्ये सातजना जिल्लाबाहिर भएकाले एकजना न्यायाधीशसहित कर्मचारीहरूको आइतबार स्वाब संकलन गरिएको थियो । 

न्यायाधीशलाई काेरोना संक्रमण भएपछि साेमबार अदालत र सरकारी वकिल कार्यालयका कर्मचारीकाे स्वाब संकलन भइरहेको छ । 

अदालतमा भएका एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण भएपछि मोरङ जिल्ला अदालतमा थुनछेक बहस पनि प्रभावित भएको छ ।

विराटनगर महानगरको वडा नम्बर ९ सिल 
विराटनगर महानगरपालिकाको वडा नम्बर ९ आइतबार साँझदेखि सिल गरिएको छ ।

कोरोना संक्रमित बढेपछि कन्ट्याक ट्रेसिङका लागि जिल्ला प्रशासन मोरङको आदेशअनुसार ७२ घन्टाका लागि वडा सिल गरिएको हो ।

साे वडाका ४२ जनामा संक्रमण पुष्टि भइसकेकाे छ ।  

संक्रमितमध्ये दुईजनाको निधन भएकाे छ । सिल गरिएको वडामा सार्वजनिक सवारी आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ भने अनावश्यक हिँडडुल गर्न पनि दिइएको छैन ।

समुदायस्तरमा कोरोना संक्रमण हुन थालेपछि विराटनगरमा १७ साउनदेखि १ भदौसम्मका लागि पूर्ण लकडाउन गरिएकाे छ । 

विराटनगरमा आइतबार साँझसम्म तीन सय ८२ जना कोरोना संक्रमित फेलापरेका छन् ।