१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २६ सोमबार १२:३२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अविरल वर्षाले धनगढी डुबानमा (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ श्रावण २६ सोमबार १२:३२:००

अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी डुबानमा परेको छ । धनगढीकाे मुख्य बजारसहित नगरका अधिकांश क्षेत्र जलमग्न भएका छन् । धनगढीको एलएन चोक, प्रदेश सभा भवनअगाडि, पार्कमोडलगायत मुख्य बजार क्षेत्र डुबानमा परेका हुन् । सडकमा पानी जमेपछि आवत–जावतमा समस्या भएको छ ।

डुबान भएका क्षेत्रमा पसलहरू खुल्न सकेका छैनन् । धनगढीको शिवनगर, विशालनगर, मिलनचोक, उत्तरबेहडी, चटकपुरलगायत क्षेत्र डुबानमा परेका छन् ।

कतिपय ठाउँमा घरभित्रै पानी पसेको छ । बजार क्षेत्रमै घुँडामाथि पुग्ने पानी जमेपछि आवागमनमा समस्या भएको छ । कतिपय सरकारी कार्यालय परिसर जलमग्न भएपछि सेवा प्रभावित भएको छ ।

नगरका खोलानालामा बाढीको सतह अत्यधिक बढेको छ । खोलानाला अतिक्रमण गरेर संरचनाहरू बनाउँदा धनगढी डुबानमा पर्न थालेको स्थानीय सेबिसिंह रानाले बताए । 

धनगढी वर्षायाममा हरेक वर्ष डुबानमा पर्ने गरेको छ । मुख्य बजारकाे बीचमा पर्ने कैलाली नाला र सुकुटी नालाको अधिकांश ठाउँमा अतिक्रमण गरेर घरहरू निर्माण गरिएका छन् । 

मुख्य बजारको एलएनचोकदेखि प्रदेश सभा भवन अगाडिसम्मको क्षेत्रमा पानी जमेर तलाउजस्तै भएको छ । मुख्य बजारमै पर्ने रातोपुल क्षेत्रमा पनि सडक जलमग्न बनेको छ । वर्षाले कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिका पनि डुबानको जोखिममा परेको स्थानीयले बताए ।