१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ श्रावण २६ सोमबार ११:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा पहिलोपटक शववाहन ल्याइयो

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ श्रावण २६ सोमबार ११:३८:००

कञ्चनपुरमै पहिलोपटक महाकाली अस्पतालले शववाहन ल्याएको छ । 

यसअघि जिल्लामा शववाहन नहुँदा शवलाई ट्याक्टर, ट्रक र टिपरमा शव राखेर दाहसंस्कारका लागि लाने गरिन्थ्यो । 

‘अस्पताल स्थापनाको ५७ वर्षमा शववाहन ल्याउन सफल भएका छौँ,’ महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, ‘यसको सञ्चालन प्रक्रिया बैठकबाट टुंगाे लगाउँछौँ ।’ 

मानिस जन्मेदेखि उसको विवाहलगायत शुभकार्यका लागि जसरी सम्मानजनक ढंगबाट सवारीसाधनमा स्वागत तथा यात्रा गरिन्छ, त्यसरी नै मृत्युपछि पनि सम्मानजनक बिदाइ गर्ने प्रचलन हुँदाहुँदै पनि वाहनको अभावमा त्यो पूर्ण रूपमा हुन नसकेको उनले बताए । 

‘कुनै मान्छे अस्पतालमा मृत्यु भएपछि शवलाई घर वा घाटसम्म लैजान सवारीसाधन सहजै मिल्दैनथे,’ अध्यक्ष जोशीले भने, ‘अब यो समस्याबाट महाकाली अस्पताल मुक्त हुन्छ ।’ 

अध्यक्ष जोशीले महाकाली अस्पतालले माग गरेपछि सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट शववाहन प्राप्त भएको बताए ।