मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २६ सोमबार ११:०२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

लमजुङमा एक सय नाैजनाले कोरोना जिते  

Read Time : < 1 मिनेट
२०७७ श्रावण २६ सोमबार ११:०२:००

लमजुङमा एक सय नाैजनाले कोरोना भाइरसलाई जितेका छन्। संक्रमित एक सय ११ जनामध्ये एक सय नाैजनाले कोरोना जितेका हुन् । उनीहरू भारतलगायत विभिन्न देशबाट आएर आइसोलेसनमा बसेका थिए । 

कोरोना निको हुनेमा सयजना पुरुष र नाैजना महिला छन् । कोरोनालाई जितेसँगै उनीहरूलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

शर्माका अनुसार शनिबार मात्रै १० जनाले कोरोना जितेका छन् ।  कोरोना निको हुनेमा बेसीसहर नगरपालिका– ९ का २३ वर्षीय पुरुष, मध्यनेपाल नगरपालिका– २ का २५ वर्षीय पुरुष, सुन्दरबजार नगरपालिका– ७ का ३६ वर्षीय पुरुष, क्व्होलासोंथर गाउँपालिका– ६ का २९ वर्षीय पुरुष, बेसीसहर नगरपालिका– १ र ११ का ३४ वर्षीय, ५१ वर्षीय, ३० वर्षीय र ३८ वर्षीय पुरुष रहेका छन् ।

यस्तै सुन्दरबजार नगरपालिका– ६ का ३० वर्षीय पुरुष, दोर्दी गाउँपालिका– १ का ४१ वर्षीय पुरुष रहेका छन् । उनीहरू सहरी विकासको भवन, सहजी आइसोलेसन र नमुना सामुदायिक अस्पताल सुन्दरबजारको आइसोलेसनमा बसेका थिए । 

अब आइसोलेसनमा दुईजना पुरुष मात्र छन् । उनीहरूको नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा उपचार भइरहेको र अवस्था सामान्य रहेको  प्रजिअ शर्माले बताए ।