१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २६ सोमबार ०९:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विवादबीच देउवाले गरे विभाग विस्तार (नामावलीसहित)

Read Time : > 1 मिनेट
२०७७ श्रावण २६ सोमबार ०९:५०:००

कांग्रेस सभापति शेरबहादुर देउवाले १२ वटा विभागमा उपप्रमुख, सचिव र सदस्यहरू मनोनीत गरेका छन् । गत १७ फागुनमा १३ र १९ फागुनमा सात विभागीय संयोजक तोकेका देउवाले यिनीहरूमा उपप्रमुख, सचिव र सदस्यहरू मनोनीत गरेका हुन् ।

देउवाले आइतबार राति संगठन, शिक्षा, यातायात व्यवसायी समन्वय, मुस्लिम, तराई मधेस समन्वय, संघीय मामिला तथा प्रदेश समन्वय, वन वातावरण तथा विपत् व्यवस्थापन, वित्तीय तथा सहकारी संस्था समन्वय, स्थानीय तह समन्वय, निर्माण व्यवसायी समन्वय विभागमा यसरी सचिवदेखि सदस्यहरू मनोनीत गरेका हुन् । खेलकुद र तरुण विभागमा यसअघि नै सचिव र केही सदस्य मनोनीत भएका थिए । 

देउवाले गत ११ पुसमा बसेको केन्द्रीय समितिको बैठकमा २८ बाट विभागको संख्या ४८ बनाएका थिए । तर, यसमा पौडेल र सिटौला पक्षको विरोधबीच देउवाले फागुन १७ र १९ मा आफ्नोतर्फका मात्रै संयोजक तोकिदिए । पौडेल पक्षले नाम दिएन ।

महाधिवेशनको कार्यतालिका आइसकेपछि विभाग विस्तार गर्न नहुने भन्दै संस्थापनइतर समूहले विरोध गरेका थिए । विरोधबीच देउवाले संयोजकदेखि सदस्यसम्म आफूनिकटका मात्रै सहभागी गराएर विस्तार गरेका हुन् ।  प्रत्येक विभागमा बढीमा ५१ जना सदस्यहरू हुन्छन् । तर, देउवाले विस्तार गरेका विभागहरूमा ४१ जनासम्म सदस्य पुगेका छन् । अर्को पक्षलाई सहभागी गराउन देउवाले १० सदस्यजति खाली राखेका छन् । भागबन्डामा ५१ को सदस्यको ४० प्रतिशत पौडेल पक्षलाई दिने भनिए पनि यति संख्या पुग्ने देखिँदैन । 

१७ फागुनमा गठन भएका १३ विभाग

संगठन, संघीय मामिला प्रदेश समन्वय, मुस्लिम, स्थानीय तह समन्वय, वित्तीय तथा सहकारी संस्था समन्वय, तराई मधेस समन्वय, यातायात व्यवसायी समन्वय, तरुण, आदिवासी जनजाति, नेपाली जनसम्पर्क समिति समन्वय, उद्योग व्यापार, सूचना सञ्चार तथा प्रचार, श्रमिक तथा टेड युनियन विभाग

१९ फागुनमा गठन भएका सात विभाग 

शुभेच्छुक, वन वातावरण तथा विपत् व्यवस्थापन, महिला, राज्य प्रशासन, खेलकुद, निर्माण व्यवसायी समन्वय र शिक्षा