१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डा. असरफ हुसेन, इन्टरनल मेडिसिन नेसनल अस्पताल, वीरगन्ज
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २६ सोमबार ०९:४०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

होम आइसोलेसनमा बस्दा ध्यान पुर्‍याउनुपर्ने पक्ष

डाक्टरकाे सल्लाह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २६ सोमबार ०९:४०:००

नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेकाले सीमित स्रोतसाधनका कारण अस्पतालहरूले बिरामीको भार थेग्न नसक्ने अवस्था सिर्जना हुँदै छ । साथै, लक्षणसहितका संक्रमित देखिन थालेकाले लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएका संक्रमितलाई होम आइसोलेसनमा बस्न सरकारले अनुमति दिएको छ । सम्बन्धित स्वास्थ्य संस्था र चिकित्सकलाई स्वास्थ्य अवस्थाको दैनिक जानकारी दिएर इच्छुक संक्रमित आफ्नै घरमा आइसोलेसन बस्दै आएका छन्।

संक्रमितले प्रयोग गरेका भाँडाकुँडा, कपडा या अन्य वस्तु आफैँले सफा गरेर घाममा सुकाएर मात्र पुनः प्रयोगमा ल्याउनुपर्छ । 

कोभिड परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको, तर कुनै लक्षण नदेखिएका बिरामी घरमै बस्न मञ्जुरीना बनाएर होम आइसोलेसनमा बस्न सक्छन् । तर, गम्भीर किसिमको लक्षण देखिएका संक्रमितले भने होम आइसोलेसनमा बस्न पाउँदैनन् ।

अस्पतालको भिडभाडबाट टाढा बस्न पाउने, थप संक्रमण बढ्नबाट जोगिने, स्वस्थ खानपान र बसोवासको व्यवस्था हुने, स्वच्छ वा छुट्टै शौचालय प्रयोग गर्न पाउने, सरसफाइमा ध्यान दिन सक्ने हुँदा लक्षण नदेखिएका वा सामान्य स्वास्थ्य अवस्था भएका व्यक्तिका लागि होम आइसोलेसन उपयुक्त हुन सक्छ । नेपालको सन्दर्भमा सबैजसो स्वास्थ्य संस्थामा उचित खानपान, बसोवास, स्वास्थ्य सेवा उपलब्ध नभएकाले इच्छुक व्यक्ति होम आइसोलेसनमा बस्न सक्छन् । 

कसरी बस्ने ?

- होम आइसोलेसनमा बस्दा संक्रमितले परिवारका अन्य सदस्यमा संक्रमण फैलिन नदिन चिकित्सकको सल्लाहअनुसार निश्चित मापदण्ड पालना गर्नुपर्ने हुन्छ । 

- संक्रमित बस्ने कोठा पर्याप्त प्रकाश आउने र भेन्टिलेसन राम्रो भएको हुनुपर्छ । परिवारका अन्य सदस्यहरूबाट टाढा बस्नुपर्छ । 

- आइसोलेसन अवधिभर संक्रमितले घरबाट बाहिर निस्कनुहँुदैन । आवश्यक सामान अन्य व्यक्तिको सहयोगमा ल्याउन सकिन्छ । यो समयमा अन्य व्यक्तिसँग भेटघाट गर्नुहुँदैन । 

- खानपिनमा विशेष ख्याल राख्नुपर्छ । शरीरलाई सुक्खा हुन नदिन दैनिक प्रशस्त मात्रामा पानी खानुपर्छ । पोसिलो खाना खानुपर्छ । 

- संक्रमितले प्रयोग गरेका भाँडाकुँडा, कपडा या अन्य वस्तु आफैँले सफा गरेर घाममा सुकाएर मात्र पुनः प्रयोगमा ल्याउनुपर्छ । 

- सकेसम्म संक्रमितले प्रयोग गर्ने शौचालय छुट्टै हुनुपर्छ । यदि अन्य सदस्यले पनि शौचालय प्रयोग गरेका संक्रमितले प्रयोग गरिसकेपछि डिसइन्फेक्ट अनिवार्य गर्नुपर्छ । 

- संक्रमितले प्रयोग गर्ने साबुन, ब्रसजस्ता सामान छुट्टै स्थानमा राख्नुपर्छ । संक्रमितले प्रयोगमा ल्याउने ढोका या ढोकाको ह्यान्डलहरू, चुकुलहरू नियमित डिसइन्फेक्ट गर्नुपर्छ । 

- संक्रमितको हेरचाह गर्ने व्यक्तिले नजिक जाँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्छ । दीर्घरोगी, ६० वर्षभन्दा माथिका व्यक्ति, गर्भवती वा सुत्केरी महिलाबाट संक्रमित टाढा बस्नुपर्छ । 

- दैनिक कम्तीमा तीनपटक ज्वरो नाप्नुपर्छ र परीक्षण गराएको स्वास्थ्य संस्थामा दैनिक दुईपटकसम्म आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिनुपर्छ । 

- होम आइसोलेसनमा रहँदा श्वासप्रश्वासमा समस्या आएमा, छाती दुखेमा, ओठ तथा अनुहार नीलो भएमा, बेहोस भएमा वा अन्य कुनै जटिल अवस्था भएमा तुरुन्तै स्वास्थ्य संस्थाको सम्पर्कमा रहेर अस्पताल सर्नुपर्ने हुन्छ । 

- सामान्यतः कुनै पनि लक्षण नदेखिएका बिरामी १४ दिनसम्म होम आइसोलेसनमा बस्न सक्छन् । त्यसपछि स्वास्थ्य अवस्था सामान्य रहेमा पुरानै जीवनशैलीमा फर्किन सक्छन् । स्वास्थ्य अवस्था सामान्य भइसकेपछि इच्छुकले फेरि कोरोना चेकजाँच गर्न सक्छन् ।