मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २५ आइतबार १८:५२:००
Read Time : < 1 मिनेट
प्रदेश

पाँच प्रहरीसहित मकवानपुरमा थपिए २३ जना कोरोना संक्रमित

Read Time : < 1 मिनेट
२०७७ श्रावण २५ आइतबार १८:५२:००

नेपाल प्रहरीका पाँच कर्मचारीसहित मकवानपुरमा एकैदिन २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरूमा ६ महिला र १७ पुरुष छन् । जिल्लामा यो संख्या हालसम्मकै सबैभन्दा धेरै हो ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाको प्रयोगशालामा एक सय २९ जनाको स्वाब परीक्षण गर्दा २३ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले जानकारी दिए । थपिएका संक्रमित सबै हेटौँडानिवासी भएको उनले बताए ।

संक्रमण पुष्टि हुनेमा हेटौँडा– २ का एक महिला, ४ नम्बर वडाका चारजना, ५ नम्बर वडाका चारजना, ६ नम्बर वडाका एक पुरुष, ९ नम्बर वडाका एक महिलासहित तीन, ११ नम्बर वडाका एक र १३ नम्बर वडा एक पुरुष, मकवानपुरगढी गाउँपालिका–३ का एक पुरुष, पाँचजना नेपाल प्रहरी, बकैया गाउँपालिका घर भई हाल हेटौँडाको एक सहकारीमा कार्यरत एक महिला, भीमफेदी गाउँपालिका निवासी एक पुरुष र विराटनगर स्थायी ठेगाना रहेका हेटौँडानिवासी एक पुरुष रहेको जनस्वास्थ्य अधिकृत चौलागाईंले जानकारी दिए ।

आइतबार थपिएका नयाँसहित मकवानपुरमा संक्रमितको संख्या ७७ पुगेको छ । हालसम्म २९ जना निको भई डिस्चार्ज भइसकेका छन् ।