Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ श्रावण २५ आइतबार १८:४५:००
Read Time : < 1 मिनेट
समाचार

जसपाद्वारा आन्तरिक समायोजन निर्देशिका पारित, पदाधिकारी चयनको बाटो खुल्यो

Read Time : < 1 मिनेट
२०७७ श्रावण २५ आइतबार १८:४५:००

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको आन्तरिक समायोजन निर्देशिका पारित गरेको छ । बुधबार सुरु भइ शनिबार सम्पन्न बैठकले पार्टी एकताको आन्तरिक समायोजन निर्देशिका पारित गरेको हो ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको आन्तरिक समायोजनको निर्देशिका पारित गरेको केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताए । निर्देशिकाले पार्टीको समायोजन कसरी गर्ने, समायोजनका आधार के हुने भन्ने विषयमा टुंगो लगाएको हो ।

निर्देशिका जारी भएपछि अब पार्टीका अन्य पदाधिकारी चयनको बाटो खुलेको छ । जसपाले तत्कालित समाजवादी पार्टी र जसपाको क्रियाशिल सदस्यता र निर्वाचनमा प्राप्त गरेको समानुपातिक मतका आधरामा समायोजन टुंगो लगाउने छ ।

जसपाको बैठकले पछिल्लो समयमा सरकारले परराष्ट्र नीति सुधार गर्नुपर्ने आवश्यकता औल्याएको छ । भारतसँगको सम्बन्ध विगार्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै झाले चीन र भारत दुबै देशसँग सरकारले सन्तुलित सम्बन्ध कायम गरेर अगाडी बढ्न बैठकले सुझाब दिएको बताए ।
बैठकले कोरोना प्रभावित क्षेत्रमा सरकारलाई प्रभावकारी उपस्थिति जनाउन पनि आग्रह गरेको छ । कोरोना भाइरसका कारण नेपालको कृषि क्षेत्र, रोजगारीको क्षेत्र, शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको ठहर गर्दै बैठकले त्यसको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको उनले बताए ।