मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २५ आइतबार १६:४१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित थप दुईको मृत्यु, हालसम्म ७५ जनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २५ आइतबार १६:४१:००

कोरोना संक्रमित थप दुईजनाको निधन भएको छ ।

योसँगै संक्रमण भएर मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कास्की जिल्ला पोखरा उपमहानगरपालिका– १९ का ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

उनी मधुमेहका बिरामी भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका– २ की २० वर्षीया महिलाको पनि शनिबार निधन भएको छ ।

उनलाई उपचारका लागि नारायणी कोभिड अस्थायी अस्पताल लगेपछि मृत्यु भएको गौतमले जानकारी दिए ।