मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २५ आइतबार १६:२५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकाका थप ९२ जनामा संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २५ आइतबार १६:२५:००

काठमाडौं उपत्यकाका थप ९२ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ९० र ललितपुर जिल्लाका दुईजनामा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय प्रयाेगशाला टेकुमा काठमाडौंका ४४ जना र ललितपुरका एकजनामा संक्रमण पुष्टि भएकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताए । 

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं १८ जनामा संक्रमण पुष्टि भएको थियो ।

पाटन अस्पतालको प्रयोगशालामा काठमाडौंंका पाँच, ह्याम्स प्रयोगशालामा काठमाडाैंका आठ, नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका एक र वीरेन्द्र अस्पताल प्रयोगशालामा काठमाडौंका एकजनामा संक्रमण पुष्टि भएको हो ।