मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २५ आइतबार १६:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय विदेशमन्त्रीको बुद्धसम्बन्धी अभिव्यक्ति आपत्तिजनक : नेता नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २५ आइतबार १६:१५:००

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस. जयशंकरले बुद्धसम्बन्धी दिएको अभिव्यक्ति आपत्तिजनक भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा केहीबेरअघि स्ट्याटस लेख्दै उनले भारतीय विदेशमन्त्री जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै दिएको गरेको प्रचार तथ्यहीन र आपत्तिजनक भएको जनाएका हुन् । 

उनले आफ्नो स्ट्याटसमा लेखेका छन्, ‘भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ । ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा–नरहँदै वेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु ।’

उनले अघि लेखेका छन्, ‘साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसदमै बुद्ध नेपालमा जन्मिएका हुन् भनेर स्पष्ट रूपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुःखद रहेकाले यसबारेमा नेपाल सकारकालाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु ।’