मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २५ आइतबार १५:३९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

महिन्दा राजापाक्षे बने श्रीलंकामा चौथोपटक प्रधानमन्त्री

Read Time : < 1 मिनेट
२०७७ श्रावण २५ आइतबार १५:३९:००

महिन्दा राजापाक्षे श्रीलंकामा चौथोपटक प्रधानमन्त्री बनेका छन् । 

हालै भएको निर्वाचनमा उनको दल श्रीलंका पिपुल्स पार्टीले दुईतिहाइ मत पाएपछि उक्त दलका ७४ वर्षीय राजापाक्षे चौथोपटक प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । 

श्रीलंकाको कोलम्बोस्थित केलानियामा रहेको एक ऐतिहासिक बौद्ध मन्दिर ‘राजमहा विहार’मा यस शपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो । 

उनलाई श्रीलंकाका राष्ट्रपतिसमेत रहेका उनका भाइ गाटाभया राजापाक्षेले शपथग्रहण गराएका हुन् । 

शपथग्रहणपछि दुवै दाजुभाइ याने कि राष्ट्रपति र प्रधानमन्त्रीले विहारमा प्रार्थना गरेका थिए । 

यस कार्यक्रमको राष्ट्रपति राजापाक्षेको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको बिबिसीले जनाएको छ ।