मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७७ श्रावण २५ आइतबार १५:२२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बेरुत विस्फाेटन : सहयोगका लागि विश्वका नेताहरूले गरे छलफल

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ श्रावण २५ आइतबार १५:२२:००

लेबनानको राजधानी बेरुतमा भयानक विस्फाेटन भएको पाँच दिनपछि विश्वका नेताहरूले लेबनानको सहयोगका लागि बैठक गरेका छन् । 

संयुक्त राष्ट्र संघ र फ्रान्सको संयुक्त पहलमा इन्टरनेटमार्फत भर्चुअल बैठक गरिएको हो । लेबनानी समयअनुसार आइतबार बिहान ११ बजे बैठक बसेको हो । 

पाँच दिनअघि भण्डारण गरेर राखेको दुई हजार टनभन्दा बढी परिमाणको अल्मुनियम नाइट्रेड विस्फाेटन भएको थियो । जसबाट कम्तीमा एक सय ५८ जनाको मृत्यु भएको थियो भने पाँच हजार मानिस घाइते हुन पुगेका थिए । 

यस घटनाबाट तीन लाखभन्दा बढी मानिस घरबारविहीन हुन पुगेका छन् । 

शनिबार यस घटनाबाट घरबारविहीन हुन पुगेकाहरूले सडका प्रदर्शन गरेका थिए भने उनीहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । 

लेबनान आर्थिक मन्दी खेपिरहेको मुलुक हो । त्यसमाथि कोरोना भाइरसको संक्रमण फैलिएपछि यस देशमा आर्थिक मन्दी थप गहिरिन पुगेको वेला भएको भयानक विस्फाेटनले लेबनानी जनतामा सरकारमाथि तीव्र आक्रोश पैदा गरिदिएको छ । 

घटनापछि लेबनानको भ्रमणमा पुगेका फ्रान्सका राष्ट्रपतिलाई धेरे लेबनानीले सडकमा आफ्नो देशका भ्रष्ट नेताहरूको हातमा सहयोग रकम नदिन आग्रह गरेका थिए ।