मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २५ आइतबार १३:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतले नेपाली सेनालाई दियो दश थान भेन्टिलेटर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २५ आइतबार १३:५८:००

भारतले नेपाली सेनालाई दश थान आइसियू भेन्टिलेटर प्रदान गरेको छ । 

आइतबार नेपाली सैनिक हेडक्वार्टर जंगी अड्डामा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेन्टिलेटर हस्तान्तरण गरे ।

कोभिड– १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी ‘कोभिड– १९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७’ लाई सघाउन भारतले सहयोग गरेको हो । 

भारतीय दूतावासका प्रवक्ता अभिषेक दुबेका अनुसार चार करोड ४८ लाख रुपैयाँबराबरका यी भेन्टिलेटर ‘एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सपाेर्ट’का लागि प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएका छन् ।

यी भेन्टिलेटरहरू अस्पतालका आइसियू, बहुविशेषतायुक्त अस्पताल तथा विशेष आइसियू कक्षमा बिरामीको हेरचाहका लागि प्रयोग गर्न सकिनेछ ।  

गम्भीर अवस्थाका र सघन उपचार आवश्यक पर्ने बिरामीहरूको ओसारपसारमा यी भेन्टिलेटरहरू सहज र उपयोगी हुनेछन् ।

‘मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीको रूपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ,’ भारतीय दूतावासले विज्ञप्तिमा भनेको छ, ‘दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोगअन्तर्गत उक्त भेन्टिलेटरहरू उपहार स्वरुप प्रदान गरिएको हो ।’ 

भारतीय राजदूत क्वात्राले कोभिड– १९ विरुद्धको लडाइँमा विजय प्राप्तिका लागि नेपाली जनतालाई सहयोग पुऱ्याउन भारत प्रतिबद्ध रहेको बताएका छन् ।