मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल सुर्खेत
२०७७ श्रावण २५ आइतबार १३:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विप्लव समूहका जुम्ला जिल्ला सेक्रेटरीसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ श्रावण २५ आइतबार १३:०४:००

सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समूहका जिल्ला सेक्रेटरीसहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ । 

जुम्लाको तिला गाउँपालिका– ७ घोडेगाउँबाट उनीहरू शनिबार पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा जुम्ला जिल्ला सेक्रेटरी रहेका मुगु सोरु गाउँपालिका– ६ का ३७ वर्षीय राजबहादुर भाम, जुम्ला हिमा गाउँपालिका– ७ धाचुका २९ वर्षीय नन्द तिरुवा र हिमा गाउँपालिकाकी १६ वर्षीया सपना बुढा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बाँस्तोलाले बताए ।

प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरूबाट चन्दा उठाउने रसिद, विप्लवको सदस्यता रसिद, किताबलगायत बरामत भएको छ । 

स्थानीय जनप्रतिनिधिहरू तथा ठेकेदारलाई धम्क्याउँदै चन्दा माग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।