Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएनआई नयाँ दिल्ली
२०७७ श्रावण २५ आइतबार १२:४५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतमा कोरोना संक्रमितको संख्या २१ लाख ५३ हजार पुग्यो, १४ लाख ८० हजार निको भए 

Read Time : < 1 मिनेट
रासस/एएनआई नयाँ दिल्ली
२०७७ श्रावण २५ आइतबार १२:४५:००

भारतमा कोरोना संक्रमितको संख्या २१ लाख नाघेको छ ।

पछिल्लो २४ घन्टामा एकैपटक ६४ हजार तीन सय ९९ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म संक्रमित हुनेको संख्या २१ लाख ५३ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

संक्रमितमध्ये १४ लाख ८० हजार आठ सय ८५ जना निको भएर डिस्चार्ज भएका छन् । अहिले सक्रिय संक्रमित भने ६ लाख २८ हजार सात सय ४७ जना मात्र छन् । 

मन्त्रालयका अनुसार २४ घन्टाको अवधिमा कोरोना भाइरस संक्रमितमध्ये आठ सय ६१ जनाको मृत्यु भएको छ । भारतमा योसहित मृत्यु भएका व्यक्तिको  संख्या ४३ हजार तीन सय ७९ पुगेको छ । 

भारतीय चिकित्सा अनुसन्धान परिषदले शनिबार सात लाख १९ हजार तीन सय ६४ जनाको परीक्षण गरिएको जनाउँदै कोरोना संक्रमण देखिन थालेयता हालसम्म कुल दुई करोड ४१ जनाको नमुना परीक्षण गरिएको बताएको छ ।