१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २५ आइतबार १२:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा विवाद : सांसदहरू हस्ताक्षर संकलन अभियानमा, आज हस्ताक्षर सार्वजनिक गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २५ आइतबार १२:२६:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको अन्तरकलह चर्किंदै गएपछि नेकपाका सांसदहरू पार्टी एकता बचाउन दवाब दिने अभियानमा जुटेका छन् । 

सांसदहरूले हस्ताक्षर संकलन गरी दलका शीर्ष नेताहरूलाई बुझाउने अभियान थालेका छन् । 

पार्टीभित्रको आन्तरिक संकट गहिरिँदै गएको र पार्टीको एकता जोगाउनका लागि दबाबमूलक अभियान थालेको उनीहरूले जनाएका छन् । 

अहिलेसम्म ६ दर्जन सांसदहरूले हस्ताक्षर गरिसकेको सांसद गणेश पहाडीले जानकारी दिए । 

यस अभियानमा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधकुमार नेपाल समूहमा रहेका सांसदहरू छन् । 

उनीहरूले आइतबार (आज) दिउँसो २ बजे सिंहदरबारस्थित लेखा समितिको हलमा पत्रकार सम्मेलन गरेर हस्ताक्षर सार्वजनिक गर्ने र त्यसपछि तीन शीर्षलाई उक्त हस्ताक्षर बुझाउने कार्यक्रम छ ।

याे अभियान नेकपाका सांसदहरू गणेश पहाडी, विशाल भट्टराई, यज्ञराज सुनुवारलगायतले अघि बढाएका हुन् । 

सांसद पहाडीले पहिलो चरणमा नेताहरूलाई छिटो मिल्न सुझाब दिने उद्देश्यले यो कदम चालेको बताए ।

यदि पहिलो चरणको सुझाबको सुनुवाइ नभएमा दोस्रो चरणमा मिल्नका लागि समाधानको विकल्पसहितको हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने उनले बताए ।