मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २५ आइतबार १२:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंको गोंगबुमा टाउको र शरीर छुट्टिएको शव भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २५ आइतबार १२:०६:००

काठमाडौंको गोंगबु गणेस्थाननजिक एक व्यक्तिको शव फेलापरेको छ । 

टाउको काटिएको अवस्थामा शव फेलापरेकाे हाे । टाउकाे र शरीर डेढ सय मिटर टाढा अलग–अलग स्थानमा फेलापरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले मृतकको पहिचान अझै नखुलेकाे र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । 

शव करिब ४०-४५ वर्षीय पुरुषकाे रहेकाे र शव सुटकेसमा फेलापरेकाे प्रहरीले जनाएकाे छ । शव पाेस्टमार्टमका लागि अस्पताल लगिएकाे छ ।