Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २५ आइतबार ११:२२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पर्सामा थपिए ७५ कोरोना संक्रमित 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २५ आइतबार ११:२२:००

पर्सामा शनिबार राति थप ७५ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पिसिआर परीक्षणमा १५ महिलासहित ७५ जना संक्रमित थपिएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए ।  

उनका अनुसार कोरोना पुष्टि हुनेमा १२ वर्षीय बालकदेखि ६८ वर्षका वृद्धसम्म छन् । थपिएका संक्रमितमध्ये ७० जना वीरगन्ज महानगरपालिका र पर्साकै विभिन्न स्थानीय तहका छन् भने बाँकी बाराका दुई, सर्लाहीका दुई र एक भारतीय नागरिक रहेका छन् ।  

पर्सामा हालसम्म एक हजार १५ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म काेरोनाका कारण २१ जनाको मृत्यु भएको छ । साउन यता १७ जनाको मृत्यु भएको डा. उपाध्यायले बताए ।