मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २५ आइतबार ०९:२८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आन्द्र प्रदेशमा कोरोना संक्रमित राखेको होटेलमा आगलागी हुँदा सातको मृत्यु, २२ घाइते 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २५ आइतबार ०९:२८:००

भारतको आन्द्र प्रदेशको विजयवाडास्थित स्वर्ण प्यालेस होटेलमा आगलागी हुँदा सातजनाको ज्यान गएको छ । आगलागीमा परी २२ जना घाइते भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

आन्द्र प्रदेश सरकारले उक्त होटेललाई कोरोना संक्रमितहरूकाे उपचारका लागि ‘केयर सेन्टर’को रूपमा प्रयोग गर्दै आएको थियो ।   

प्रदेश सरकारका गृह राज्यमन्त्री मेकाथोटी सुचरिताले दिएको जानकारीअनुसार विद्युत् सर्किट सर्ट भएर होटेलमा आगलागी भएकाे हाे । प्रदेश सरकारका सल्लाहकार एस. राजीव कृष्णाले घटनाको जानकारी ट्विटमार्फत दिएका छन् ।