मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २४ शनिबार २१:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक करोड २४ लाखको चेकसहित विद्युत् प्राधिकरणका उपप्रबन्धक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २४ शनिबार २१:५५:००

एक करोड २४ लाख ९१ हजार एक सय ४५ रुपैयाँको चेकसहित नेपाल विद्युत् प्राधिकरण, ढल्केबर ग्रिड शाखा, धनुषाका कार्यालय प्रमुख उपप्रबन्धक रितेश गुप्ता पक्राउ परेका छन् ।  

भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन भनी पहिले नै चेक काटी उक्त चेक लिएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

हस्ताक्षर भइसकेका कार्यालयका चेक तथा स्वीकृत भइनसकेका सोही चेकसँग सम्बन्धित कागजातसमेत लिएर काठमाडौं जाने क्रममा सिन्धुलीस्थित कमलामाई नगरपालिका– ९ बाट उक्त कार्यालयका चेक तथा  त्यससँग सम्बन्धित कागजातसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।