मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २४ शनिबार १८:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंका मेयर शाक्य भन्छन्– पिसिआर औषधि होइन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २४ शनिबार १८:५८:००

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोना संक्रमणबाट आफैँ सचेत हुन नागरिकलाई सुझाब दिएका छन् । काठमाडौंको श्रीघः स्थित धर्मकीर्ति बिहारमा आयोजित कार्यक्रममा उनले भने, ‘यस्तो वेला सरकारले चाहेर पनि केही गर्न सक्ने अवस्था छैन, आफ्नो ख्याल आफैँले गर्नुपर्छ । मास्क लगाउनु आफू सुरक्षित हुनलाई मात्र होइन, अरूलाई सुरक्षित गर्नलाई पनि हो । यस्तो वेला स्वास्थ्य प्रोटोकल पालना गर्नु नै मुख्य कुरा हो ।’ 

उनले हरेक परीक्षणमा प्रतिव्यक्ति १० हजार नेपाली रुपैयाँ खर्च भइरहेको भन्दै पिसिआर परीक्षण मात्रै कोरोनाको समाधान नभएको बताए । उनले भने, ‘आवश्यकताअनुसार परीक्षण गर्नुपर्छ, तर पिसिआर परीक्षण नै यसको औषधिचाहिँ हाेइन ।’ उनले रोग लागेपछि पछुताउनुभन्दा पहिल्यै स्वास्थ्य मापदण्ड पालना गरेर सहयोग गर्न आग्रह गरे ।