मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ श्रावण २४ शनिबार १८:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी सहायक निरीक्षक सहनी निलम्बनमा

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ श्रावण २४ शनिबार १८:१५:००

प्रदेश २ प्रहरी कार्यालयले आर्थिक लेनदेनमा संलग्न रहेको आरोपमा प्रहरी सहायक निरीक्षक सुरेश सहनीलाई निलम्बन गरेको छ । सर्लाहीको मोहनपुर चौकीमा कार्यरत सहनीलाई व्यक्तिगत आचरण तथा प्रहरी संगठनको नीतिविपरीत आर्थिक लेनदेनमा संलग्न रहेको आरोपमा प्रदेश २ को प्रहरी प्रमुख कार्यालयले शुक्रबार निलम्बन गरेको हो । 

नेपाल प्रहरीले भ्रष्टाचार तथा आर्थिक अनुशासनविरुद्धको शून्य सहनशीलता नीति अख्तियार गर्दै सहनीलाई निलम्बन गरिएको  प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धीरजप्रताव सिंहले बताए । सिंंहले प्रदेश २ मा आएदेखि अहिलेसम्म आठजना प्रहरीलाई आर्थिक लेनदेनमा संलग्न रहेको आरोपमा निलम्बन गरिसकेका छन् ।