१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण २४ शनिबार १८:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेसनल मेडिकल कलेजलाई तीन सय बेडको कोभिड अस्पताल बनाउने निर्णय 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २४ शनिबार १८:०२:००

वीरगन्जमा रहेकोे नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई कोभिड–१९ अस्पतालको रुपमा संचालन गर्ने निर्णय भएको छ ।  शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले मेडिकल कलेजमा तीन सय बेडको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो । 

पर्सामा रहेका दुईवटा कोभिड अस्पतालको बेड संख्या पर्याप्त नभएपछि मेडिकल कलेजलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्न निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत जानकारी दिए । उनले नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कोभिड–१९ उपचार व्यवस्थापन उपयुक्त भएकाले तीन सय बेड सञ्चालन गर्ने निर्णय भएको बताए । 

अस्पताल सञ्चालनमा थप पहल एवं समन्वयको लागि केन्द्रीय संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको बस्नेतले बताए । नारायणी अस्पताललाई पनि नियमित सेवा प्रवाह गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।