मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २४ शनिबार १७:४८:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

धनकुटामा पहिरोले एक घर बगायो

Read Time : < 1 मिनेट
२०७७ श्रावण २४ शनिबार १७:४८:००

धनकुटाको सहिदभूमि गाउँपालिकामा शनिवार दिउँसो पहिरोले एक घर बगाएको छ । सहिदभूमि गाउँपालिका–६, आँखीसल्लाका मानबहादुर रानामगरको घर बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

ढुंगामाटोले बनेको फुसको छाना भएको एक तले घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । घर बगाउँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, नगद १५ हजार, एक तोला सुन, दुई तोला चाँदी गरी करिब चार लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । 

पहिरो दिउँसो गएकोले मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । घरमा श्रीमान र श्रीमती मात्र बस्दै आएका थिए ।