१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २४ शनिबार १६:४५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

शनिवार प्रदेश १ मा थपिए ६१  संक्रमित

Read Time : < 1 मिनेट
२०७७ श्रावण २४ शनिबार १६:४५:००

शनिवार प्रदेश १ मा ६१ जना कोरोना संक्रमित थप भएका छन् ।

मोरङमा ४८, सुनसरीमा १० र   तीन जना प्रदेश बाहिरका गरी ६१ जना संक्रमित थपिएका हुन् । 

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिकाका   २६ पुरुष, ७ महिला, बुढीगंगा गाउँपालिकामा  १२ पुरुष, धनपालथान र  कटहरी गाउँपालिकाका र उर्लाबारी नगरपालिकाका   एक /एक जना महिला संक्रमित थपिएका छन् । 

यसैगरि  सुनसरीको धरान उपमहानगरपालिकाका २ महिला २ पुरुष, दुहवी नगरपालिकाका  तीन पुरुष एक महिला, इनरुवा नगरपालिकाका  दुई पुरुष संक्रमित भएका छन् । साथै प्रदेश २ को महोत्तरी जिल्लाका एक  महिला   एक  पुरुष र सप्तरीका एक  पुरुष कोरोना संक्रमित भएका हुन्  । 

प्रदेश १ मा शनिवारसम्म कोरोना संक्रमितको संख्या एक हजार  तीन सय ८३ जना पुगेको छ ।

 प्रदेश १ मा आज एक हजार पाँच सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १४ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।