१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २४ शनिबार १४:२२:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोरोनाका कारण रोकियो भदौरे जात्रा

Read Time : < 1 मिनेट
२०७७ श्रावण २४ शनिबार १४:२२:००

विगतका वर्षमा साउन र भदौ महिनामा बागलुङ बजारमा रौनक छाउँथ्यो । यहाँका नेवा समुदायले प्रत्येक दिन बजारमा विभिन्न किसिमका जात्रा निकाल्ने गर्दथे । तर, यस वर्ष भने विश्वव्यापी फैलिएको कारोना संक्रमण (कोभिड–१९) को जोखिमका कारण बागलुङमा निकालिने परम्परागत भदौरे जात्राहरु रोखिएका छन । 

यहाँको नेवार समुदायले हरेक वर्ष जनैपुर्णिमाको दिनदेखी भाद्र कृष्णास्टमी सम्म निकाल्ने विभिन्न जात्रा र नाचहरु रोकिएका हुन्। सदरमुकाम बागलुङ बजारमा बसोबास गर्ने नेवार समुदायले विभिन्न किसिमका भदौरे नाचहरु निकाल्ने गर्दथे ।

यस वर्ष कारोनाको महामारीका कारण सम्पुर्ण भदौरे नाचहरु रोकिएको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले जानकारी दिए । समाजको बैठकले यस वर्ष जात्रा र नाच ननिकाल्ने निर्णण गरेको हो । 

नेवार समुदायका कलाकारले वर्षेनी जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म लाखे, बास्सा, रोपाइँ, जोगी, होवा, घोडा, कटुवाल लगायतका नाच प्रदर्शन गर्थे । लाखे नाच त घण्टाकर्ण पर्वदेखि तीजसम्मै देखाउने चलन छ । कारोनाकै कारण यी सबै नाँचहरु यस वर्ष रोखिएको छ । 

'लकडाउन खुलेपनि कोरोनाको जोखिम झनै बढदै छ,' समाजका सचिव शाक्यले भने, 'नाचहरू समुहमा हुन्छ । जोखिम मोलेर संस्कृति धान्नु भन्दा एक वर्षका लागि हामीले रोक्ने निर्णय ग-यौं । आउँदा वर्षमा भदोरै जात्राले निरन्तरता पाउने छन् ।' 

शाक्यका अनुसार केही पुराना नाचहरु युवापुस्तामा हस्तान्तरण हुन नसक्दा हराउँछन की भन्न समाजलाई चिन्ता छ । पहिले देखाइने नागनागिनीसहित कतिपय नाच हराइसकेका छन भने पछिल्लो समय लाखे नाच्ने कलाकारको पनि खाँचो खड्किने गरेको छ । 

बागलुङका नेवार समुदायले घण्टाकर्ण, गाईजात्रा पर्व भने सुरक्षा सावधानीसहित मनाइए । आफन्त दिवङ्गत भएको वर्ष दिन भित्र उनको सम्झनामा गाईजात्रा मनाउने गरिन्छ ।