Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रासस/पिटिआई
२०७७ श्रावण २४ शनिबार १३:०७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो 

Read Time : < 1 मिनेट
रासस/पिटिआई
२०७७ श्रावण २४ शनिबार १३:०७:००

भारतमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको संख्या १८ पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुर्घटनामा परेर अरु कैयौँ यात्रु घाइते पनि भएका छन् । 

एयर इन्डिया एक्सप्रेसको जहाज केरलको कोझिकोड अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणकाे क्रममा विमानस्थलमै दुर्घटनामा परेको मलापुरम जिल्लाका जिल्ला अधिकारी के गोपाल कृष्णले बताए । घाइतेमध्ये थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या १८ पुगेको हो । 

स्थानीय अधिकारीहरूका अनुसार सबै मृतकको सनाखत भइसकेको छ । घटनामा परी विमान चालक दीपक साथे र सह चालक अखिलेश कुमारको मृत्यु भएको छ । विमानमा चालक दलका ६ सदस्य र एक सय ८४ यात्रुहरू थिए । घाइतेहरूलाई उपचारका लागि क्यालिकट तथा मलापुरममा रहेका अस्पतालहरूमा लगिएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार घाइतेहरु मध्ये १५ जनाको अवस्था गम्भीर छ । 

कोरोनाभाइरसको महामारी फैलिएपछि संयुक्त अरब इमिरेट्स (यूएई)मा अलपत्र परेका भारतीय नागरिकहरू स्वदेश ल्याउदै गरेको विमान दुर्घटनामा परेको हो । युएइको दुवईबाट शुक्रबार राती भारत आउदै गरेको विमान अवतरण गर्ने बेलामा अत्यधिक बर्षाका कारण धावनमार्गमा चिप्लीएर दुर्घटना भएको प्रारम्भीक विवरण छ ।  

वर्षाका कारण विमानचालकहरूले अवतरण गर्ने पहिलो प्रयास स्थगित गरेका थिए भने  दोस्रो पटक अवतरणको प्रयास गर्दा दुर्घटना भएको हो । दुर्घटना स्थानीय समयानुसार शुक्रबार बेलुका ७.४० मा भएको थियो । 

सरकारी अधिकारीहरुले ठूलो वर्षा भइरहेका बेला विमान धावनमार्गमा ठोक्किएको र त्यसपछि ३५ फिट भिरालो ठाउँमा गुडेर दुई टुक्रा भएको बताएका छन् ।