Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १० शनिबार
  • Saturday, 26 September, 2020
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २४ शनिबार १२:५१:००
समाचार डिजिटल संस्करण

मौसम : तीन दिन देशभर वर्षा हुने

नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २४ शनिबार १२:५१:००

आगामी तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई/तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको हो ।

मौसमविद् शान्ति कँडेलका अनुसार केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ । यस वर्ष मनसुन बढी सक्रिय भएकाले निरन्तर वर्षा भइरहेको छ । 

रातिबाट दुई/तीन दिनसम्म मनसुन सक्रिय हुने भएकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

हाल प्रदेश २ मा र प्रदेश ५ का केही भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली हुने संभावना छ । राससका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कणाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । 

दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।