मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ श्रावण २४ शनिबार ११:१७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

चार महिने बच्चाकी आमासहित १५ जना कोरोना जितेर घर फर्किए

Read Time : < 1 मिनेट
२०७७ श्रावण २४ शनिबार ११:१७:००

चार महिने बच्चाकी आमासहित सिरहामा १५ जना कोरोना जितेर घर फर्किएका छन् ।

सिरहाको महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालमा उपचाररत भगवापुर गाउँपालिका २ की २३ वर्षीया सिमा झा संक्रमित भए पनि उनकाे चार महिने छोरी तन्नु झामा भने संक्रमण देखिएको थिएन ।  

पिसिआर जाँचमा कोरोना संक्रमित भेटिएपछि झालाई चार महिने छोरीसहित आइसोलेसनमा राखिएको थियो । चार पटक पिसिआर जाँच गर्दा काेराेना भाइरस नेगेटिभ देखिएकाले झालाई शुक्रबार घर पठाइएको डा सुभाष चन्द्र मण्डलले बताए । 

आमालाई कोरोना संक्रमण देखिएपनि छोरी भने संक्रमित नभएको डा मण्डलले बताए । कोरोना संक्रमित भई उपचाररतमध्ये चन्द्र माध्यमिक विद्यालयको आइसोलेनवाट चार जना र महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालबाट ११ जना गरी १५ जना घर फर्किएका हुन् ।

सिरहा नगरपालिका क्षेत्रका पाँच जना, भगवानपुर गाउँपालिकाका दुई,लहान नगरपालिका क्षेत्रका दुई, नरहा गाउँपालिकाका दुई, नवराजपुर गाउँपालिकाका दुई र सुखिपुर नगरपालिकाका एकजना रहेको डा. मण्डलले बताए ।

१४ जना आइसोलेसनमा उपचाररत
एक जना चिकित्सक सहित १४ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा आठ जना र महेन्द्र गेनाईमा ६ जना उपचाररत छन् ।