मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २४ शनिबार ०९:५३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फिट रहने प्रयासमा फुटबलर

Read Time : > 1 मिनेट
२०७७ श्रावण २४ शनिबार ०९:५३:००

सन् २०१९–२० को युरोपमा चल्ने पाँच प्रिमियर लिग फुटबल प्रतियोगिता सम्पन्न भएका छन् । युरोपियन च्याम्पियन्स लिग तथा युरोपामा सहभागी खेलाडी मात्र क्लबसँग आबद्ध छन् । यी दुवै प्रतियोगितामा छनोट नभएका वा बाहिरिएका क्लबका खेलाडी भने आफूलाई थप फिट राख्ने प्रयासमा देखिन्छन् । फ्रेन्च लिगा वानको च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)का उरुग्वेयन स्ट्राइकर एडिसन काभानी नयाँ क्लबमा आफूलाई शारीरिक अभ्यासमा अभ्यस्त राखेका छन् । ३३ वर्षीय यी स्टार खेलाडी नयाँ सिजनमा सम्भवतः एटलेटिको म्याड्रिडमा जान सक्छन् । 

केही समस्या आएन भने उनी अर्को सिजनमा स्पेनिस क्लबमा देखिने पक्का छन् । युरोपमा फुटबलको नयाँ सिजन सुरु हुनुअघि बडी मेन्टेनमै ध्यान दिएको उनले बताए । यसै साता उनले आफूले गरेका अभ्यासका भिडियो सेयर गरेका छन् । जसमा उनले निकै पसिना बगाएका छन् । सिरिए क्लब नेपोलीका पूर्वकप्तानसमेत रहेका काभानीले स्पेनिस, फ्रेन्च, इटालियन तथा अंग्रेजी भाषामा यो भिडियो पोस्ट गरे । उनले अभ्यास निरन्तर छ भनी कमेन्ट्स पनि गरेका छन् ।

‘दिनप्रतिदिन म आफूलाई फिट र राम्रो पाइरहेको छु,’ उनी भन्छन्, ‘अहिले म बडिबिल्डरभन्दा कम छुइनँ ।’ काभानी मात्र होइन, स्विडेनका पूर्वकप्तान जात्लान इब्रामोभिक पनि आफूलाई स्वस्थ र फिट बनाउन अभ्यासमै छ । इब्रामोभिक पनि आफूलाई स्वस्थ र फिट बनाउन कसरतमा व्यस्त देखिन्छन् । तर, इब्रामोभिक कुनै क्लब वा जिम खानामा शरीर बनाउँदै गरेका भेटिँदैनन् । उनी आफ्नो निजी सानो पानीजहानमै अभ्यास गरिरहेका छन् । 

फ्रान्सको दक्षिण सामुद्रिक किनारमा उनी दैनिक अभ्यास गरिरहन्छन् । उनलाई हेलेना सेगरले सहयोग गरिरहेकी छिन् । ३८ वर्षीय इब्राहिमोभिक सिरिए क्लब एसिमिलानबाट व्यावसायिक फुटबल खेल्छन् । यसै वर्षमा उनी अमेरिकाको एलए ग्यालेक्सीबाट मिलानमा लोनमा आएका थिए । जहाँ उनले ११ गोल गर्न सफल भए । मिलानमा आउँदा उनले प्रतिसाता एक लाख ४ हजार पाउन्ड पाएका थिए । नयाँ सम्झौताअनुसार उनको पारिश्रमिक बढ्ने भएको छ ।