मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २४ शनिबार ०९:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुपन्देहीमा कार दुर्घटना हुँदा तीनको मृत्यु, एक घाइते

Read Time : < 1 मिनेट
२०७७ श्रावण २४ शनिबार ०९:३४:००

रुपन्देहीमा शुक्रबार राति कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका वार्ड नं.४ छिपागढस्थित हुलाकी सडकमा कार दुर्घटना भएको हो । 

परासीवाट भैरहवातर्फ जाँदै गरेको लु.२ च ६७५६ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकदेखि १० मिटर उत्तरतर्फ पल्टँदा कारमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खड्कवहादुर खत्रीले जानकारी दिए ।

मृत्यु हुनेहरुमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ का २७ वर्षीय देबेन्द्र चौधरी, रुपन्देहीको कोटहीमाई गाउँपालिका ३ मर्यादपुरका २८ वर्षीय नौसाद दर्जी र नवलपरासीको रामग्राम नगरपालिका १२ पथगावाका १२ वर्षीय प्रदिप ठाकुर रहेको प्रहरीले जनाएकाे छ ।

दुर्घटनमा परेर गम्भीर घाइते भएका चारै जनालाई उपचारार्थ भीम अस्पताल भैरहवा लगिएको थियाे । तीन जनाकाे उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी रुपन्देहीको ओमसतिया गाउँपालिका ४ बालापुरका ३४ वर्षीय अनिल यादव घाइते भएका छन् । उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था सामान्य रहेेकाे प्रहरीले जनाएको छ ।