मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी सिड्नी
२०७७ श्रावण २४ शनिबार ०७:४१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फुटबलमा उत्कृष्ट डेब्यूको प्रतीक्षामा बोल्ट

Read Time : > 1 मिनेट
एजेन्सी सिड्नी
२०७७ श्रावण २४ शनिबार ०७:४१:००

जमैकन धावक उसेन बोल्टले सानैमा प्रोफेसनल फुटबल खेलाडी बन्ने सपना देखेका थिए । फुटबलकै एक उत्कृष्ट खेलाडीका रूपमा आफूलाई विश्वभर चिनाउने बोल्टको सपना थियो । यो सपना साकार पार्न अहिले उनी दिनरात मिहिनेत गरिरहेका छन् । यद्यपि फुटबलमा करिअर बनाउन हिँडिरहेका बोल्ट आफैँमा विश्वकीर्तिमानी व्यक्तित्व हुन् । 

ओलम्पिक तथा विश्व एथलेटिक्स च्याम्पियनसिपमा बोल्टले आधा दर्जनमाथि स्वर्ण जितेका छन् । यसका कारण नै उनी वर्तमान समयकै उत्कृष्ट स्पिन्ट धावकका रूपमा रहेका छन् । आठपटक ओलम्पिकमा स्वर्ण जितेका बोल्टले अन्य प्रतियोगितामा दर्जनौँ कीर्तिमान राखेका छन् । सन् २०१८ मा उनले अचानक एथ्लेटिक्स खेलबाट सन्न्यास लिए । धेरैले उनको सन्न्यासलाई आश्चर्य मानेका छन् । 

वास्तवमा बोल्टले बाल्यकालको सपना पूरा गर्न एथ्लेटिक्सलाई चटक्कै छाडेका हुन् । आफूलाई व्यावसायिक फुटबल खेलाडी बनाउने चाहना पूरा गर्न नै सन्न्यास लिएको बोल्ट बताउँछन् । ‘म आफू बाल्यकालको सपना पूरा गर्न नै एथ्लेटिक्स छाडेको हुँ,’ बोल्ट भन्छन् । पछिल्लो दुई वर्ष बोल्ट फुटबलमा अभ्यासरत छन् । 

बोल्टसँग स्टामिना कुनै कमी छैन । अन्य खेलाडीका तुलनामा उनको दौडने शक्ति अत्यधिक नै छ । यसका बाबजुद पनि बोल्टले फुटबलमा डेब्यू गर्न अवसर पाएका छैनन् । अस्ट्रेलियन ए लिग फुटबल प्रतियोगितामा स्थान पाउन उनी संघर्षरत छन् । सिजनअघिको अभ्यास खेलमा उनले दुई गोल गरेका थिए ।

अभ्यास खेलमा राम्रो प्रदर्शन गरे पनि हरेकपटक खेलाडी छनोटमा उनी बाहिर नै रहन्छन् । यसपटक पनि यस्तै भएको छ । अस्ट्रेलियन ए लिगले उनलाई समावेश नै गरेन । बोल्टसँग एक फुटबल खेलाडीमा हुनुपर्ने गुण नपुगेको कारण नै टोलीबाट बाहिर रहेको आयरल्यान्डका पूर्वस्ट्राइकर एन्डी केओघ मान्छन् । एन्डी भन्छन्, ‘अझै पनि बल टर्चमै समस्या छ ।’ एन्डीका अनुसार बोल्ट अकासिएर आएको बल राम्रोसँग नियन्त्रणमा राख्न सक्दैनन् । 

बोल्ट भने आफूलाई मौका नदिएको दाबी गर्छन । ‘मेरो हकमा निष्पक्ष निर्णय भएन, ममाथि अन्याय भएको छ,’ बोल्टले भने, ‘म केही नयाँ गर्ने प्रयासमा रहन्छु त्यो नराम्रो पनि होइन ।’