१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पहिरोबाट खण्डहर बनेको दोलखाको खारेस्थित टुइनटार गाउँ । 
२०७७ श्रावण २३ शुक्रबार २०:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोलखाको खारेगाउँमा पहिरो, एक मजदुरको मृत्यु, दर्जनभन्दा बढी परिवार बिस्थापित 

Read Time : > 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार २०:२१:००

गौरीशंकर गाउँपालिका–८ को खारेगाउँ टुइनटारमा विहीबार राती गएको पहिरोमा परि एक मजदुरको मृत्युु भएको छ भने पहिरोको कारण दर्जनभन्दा बढी परिवार बिस्थापित भएका छन् ।  

पहिरोमा परि अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका–८ स्थायी घर भई सिंगटीको ग्रील उद्योगमा कार्यरत सुनखानीका २८ बर्षीय सुरेश शिवाकोटी रहेको प्रहरीले जनाएको छ । मृतक शिवाकोटी सिगटीबजारको ग्रिल उद्योगमा कार्यरत रहेको र कामको सिलसिलामा टुइनटार पुगेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । शिबाकोटीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रमुख सुनजित तामाङले जानकारी दिए । बस्ती माथीबाट आएको पहिरोले दर्जनभन्दा बढी परिवार बिस्थापित भएका छन् । 

सुरी खोला बस्ती पस्यो
प्रहरीका अनुसार गौरीशंकर–६ स्थित गुरुम्फी बजारमा सुरी खोलाको बाढी पसेको छ । बाढी बजारमा छिर्दा एक स्वास्थ्यचौकीसहित दर्जनभन्दा बढी घरमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
विहीबार राती गौरीशंकर गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले दर्जनभन्दा बढी घरमा  र मेलुङ गाउँपालिका–२ स्थित घ्याङसुकाठोकरका १० घरमा क्षति पुगेको स्थानीय रामकुमार कार्कीले बताए । 

प्रजिअद्वारा अनुगमन 
विहीबार रातीको पहिरोले बस्तीनै जोखिममा पारेपछि दोलखाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सरोकारवालाहरूले शुक्रबार पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । अनुगमनका क्रममा टोलीले केही बिस्थापित परिवारलाई राहत प्रदान गरेका थिए । दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार मृतकका परिवारलाई दुई लाख सहयोग गरिने छ । 

जलविद्युत आयोजनामा क्षति
बाढी र पहिरोले दोलखाको उत्तरी क्षेत्रमा निर्माणाधिन तथा सम्पन्न भैसकेका जलविद्युत आयोजनाहरूमा समेत क्षेति पुराएको छ ।  तामाकोसी नदिको बहाब बढेपछि नदि किनारमा राखिएका साइरनहरूमा खतराको संकेत देखा परेको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले रातीदेखि नै नदि आसपासका क्षेत्रमा बसोबास गरिरहेका स्थानीयलाई सुरक्षित हुन आग्रह गर्दै उच्च सुरक्षा सतर्कता अपनाइएको बताए । प्रजिअ शर्माले अझै केही दिन नदीमा पानीको बहाब बढ्न सक्ने भन्दै सुरक्षित हुन सबैलाई आग्रह समेत गरेका छन् ।