मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २३ शुक्रबार १७:३३:००
Read Time : < 1 मिनेट
समाचार

क्वारेनटाइनमा रहेकी युवतीद्वारा झुण्डिएर आत्महत्या

Read Time : < 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार १७:३३:००

काभ्रेको बेथानचोक गाउँपालिका–२ ढुङखर्कस्थित क्वारेनटाइनमा रहेकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

बेथानचोक गाउँपालिका–४ की २१ बर्षीया सोनी लामाले शुक्रबार आत्महत्या गरेकी हुन् ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाका अनुसार आत्महत्याको कारण बारे जानकारी आएको छैन । मृतक लामा एक साता अघि दुवहीबाट आएको र क्वारेनटाइनमा बसिरहेकी थिइन । उनको पिसिआर परीक्षणको लागि शनिबार स्वाब निकाल्ने तयारी भइरहेको अध्यक्ष तिमल्सिनाले बताए । 

ढुङ्खर्क प्रहरी चौकीका असई हितबहादुर कटुवालले घटनबारे छानबिन भइरहेको जानकारी दिए । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमारविक्रम थापा नेतृत्वको प्रहरी टोली घटनास्थल आइरहेको कटुवालले बताए ।

झुण्डिएर आत्महत्या गरेपछि बेथानचोक गाउँपालिका–४ का स्थानीयले क्वारेनटाइन तोडफोड गरेका छन् ।