मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २३ शुक्रबार १६:१९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर : संक्रमितकाे संख्या २२ हजार नाघ्याे, आज थप चार सय ६४ जनामा संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २३ शुक्रबार १६:१९:००

पछिल्लाे २४ घण्टामा देशभरका प्रयाेगशालामा गरिएकाे परीक्षणमा शुक्रबार थप चार सय ६४ जनामा संक्रमण पुष्टि भएकाे ।

याेसमेत हालसम्म संक्रमित हुनेकाे संख्या २२ हजार दुई सय ४१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

याेअवधिमा चार सय २५ जना निकाे भएर डिस्चार्ज भएकाे मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले बताए । 

हालसम्म संक्रमण मुक्त हुनेकाे संख्या १५ हजार आठ सय १४ पुगेकाे छ ।

संक्रमित बढेकाले आइसाेलेसनमा बस्नेकाे संख्या पनि बढेकाे छ । सक्रिय संक्रमित ६ हजार तीन सय ३० जना आइसाेलेसनमा छन् ।

त्यसैगरी क्वारेन्टाइनमा १० हजार २ सय सात जना रहेकाे गाैतमले जानकारी दिए ।