मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २३ शुक्रबार १६:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवावाहेकका काम १५ दिन नहुने (भिडियाे)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २३ शुक्रबार १६:२१:००

काठमाडौं उपत्यकाभित्र रहेका तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवावाहेकका कामहरु १५ दिनसम्म नहुने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । 

जसअनुसार यही साउन २५ गतेदेखि भदौं ८ गतेसम्म तीन जिल्लाका प्रशासन कार्यालयहरुबाट अत्यावश्यक वाहेकका अन्य काम हुने छैनन् । 

यस अवधिमा शान्ति सुरक्षासम्बन्धि सेवा, ठाडो निवेदन र उजुरीसम्बन्धि कार्य, मुद्दासम्बन्धि कार्य, अत्यावश्यक कामको लागि सवारी पाससम्बन्धि कार्य, विपद् व्यवस्थापनसम्बन्धि कार्य रहने जनाइएको छ । 

स्थगित गरिएको सेवाहरुमा नयाँ नेपाली नागरिकताको वितरण र प्रतिलिपि वितरण, हातहतियार दर्ता तथा नविकरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता साथै नविकरण, निजी सुरक्षा कम्पनी नविकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु रहेका छन् । 

भिडियाे