१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २३ शुक्रबार १५:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णाली प्रदेशमा ५५ जना डिस्चार्ज भए, पाँच जना थपिए

Read Time : < 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार १५:२८:००

शुक्रबार कर्णालीमा ५५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । पाँच जना कोरोना संक्रमित थपिएका छन् । 
कर्णाली प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा पाँच जना कोरोना संक्रमित थपिएका हुन् । 

कोरोना संक्रमित हुनेमा सान्नी त्रिवेणी गाउँपालिका ३० वर्षिया पु?ष, २२ वर्षिया महिला, २७ वर्षिया महिला र रास्कोट नगरपालिका २२ वर्षिया पु?ष र रामेछाप खाँडादेवी गाउँपालिका १ का ३० वर्षिया पु?ष रहेको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत क?णा भट्टराईले बताइन् । 

‘कर्णाली प्रदेशका बिभिन्न प्रयोगशालामा २३३ जनाको स्वाव परीक्षण गरिएको थियो ।’ उनले भनिन्, ‘त्यसमध्ये ५ जनामा कोरोना संक्रमण देखिएको छ ।’

योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ९ सय ६५ पुगेको भट्टराईले जानकारी दिइन् ।

कर्णाली प्रदेशका बिभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट ५५ जना कोरोना संक्रमण निको भएर घर फर्किएको भट्टराईले बताइन् । 

‘कर्णालीमा कोरोना संक्रमण जित्नेको संख्या १ हजार ६ सय ६३ रहेको छ ।’ उनले भनिन्, ‘हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ९६ जना मात्र रहेका छन् ।’