१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २३ शुक्रबार १४:५६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कालिकोटमा चार जना कोरोना संक्रमित थपिए

Read Time : < 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार १४:५६:००

कालिकोटमा शुक्रबार चार जना कोरोना संक्रमित थपिएका छन् । 

कर्णाली प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा चार कोरोना संक्रमित थपिएका हुन् । 

कोरोना संक्रमित हुनेमा सान्नी त्रिवेणी गाउँपालिका ३० वर्षिया पुरुष, २२ वर्षिया महिला, २७ वर्षिया महिला र रास्कोट नगरपालिका २२ वर्षिया पुरुष रहेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त स्वास्थ्य व्यवस्थापन डा. भीष्मप्रसाद पोखरेलले बताए । 

कालिकोटमा कोरोना संक्रमितको संख्या ६७ जना रहेको र त्यसमध्ये ६२ जना कोरोना संक्रमण निको भएर घर फर्किसकेको, हाल तीन जना महिला र दुई जना पुरुषको उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतले बताए । 

‘उपचाररत पाँच जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ’ उनले भने ।