१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण २३ शुक्रबार १४:४०:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

विराटनगर उच्च अदालत : अघिल्लो वर्षको तुलनामा यो वर्ष कम मुद्दा फर्छ्याैट 

Read Time : > 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार १४:४०:००

उच्च अदालत विराटनगरकाे धनकुटा इजलासले अघिल्लो वर्षको तुलनामा गत वर्ष कम मुद्दा फर्छ्याैट भएको जनाएको छ ।

गत आर्थिक वर्ष २०७६/०७७ मा ७५ दशमलव ५९ प्रतिशत मात्र मुद्दा फर्छ्याैट गर्न सफल भएको छ । उच्च अदालतले अघिल्लो वर्ष ८१ प्रतिशत मात्र मुद्दा फर्छ्याैट गरेको थियो ।

अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ८८ थान, नयाँ दर्ता भएका २ सय ७ थान गरी २ सय ९५ मध्ये जिम्मेवारी मध्येबाट ८५ थान, नयाँ दर्ता मध्येबाट १ सय ३८ थान सहित २ सय २३ थान मुद्दा फर्छ्याैट भएको मुख्य न्यायधिश नीता गौतम दिक्षितले बताइन् ।

निवेदन, प्रतिवेदन तर्फको लक्ष्य र प्रगति भने निवेदनतर्फ जिम्मेवारी सरी नआएको र नयाँ दर्ता भएका ६० थानमा ६० थान नै फर्छ्याैट भएको छ । प्रतिवेदनतर्फ पनि जिम्मेवारीमा नरहेको तर नयाँ दर्ता ५७ वटामा सतप्रतिशत फर्छ्याैट भएको छ । 

त्यसैगरी फुटकर निवेदनतर्फ ७ थानमा सबै फछ्र्यौट भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । तीन आर्थिक वर्षको तुलनालाई आधार मानेर आर्थिक वर्ष २०७७/०७८ को लागी नयाँ मुद्दा दर्ताको औषत अनुमान २ सय ८३ थानको १५ प्रतिशतले हुन आउने ४३ थान गरी नयाँ दर्ताको अनुमान ३ सय २६ थान गरिएको मुख्य न्यायाधिश दिक्षितले बताइन् ।

त्यस्तै फछ्र्यौट तर्फको लक्ष्य अनुमान विगत तीन वर्षलाई आधार मानी जिम्मेवारी सरी आएको ७२ थान, नयाँ दर्ता ३ सय २६ थानको ५० प्रतिशत १ सय ६३ गरी २ सय ३५ थान रहेको छ । निवेदन तथा प्रतिवेदनतर्फ लक्ष्य ४७ थान राखिएकोमा ४७ थान नै १ महिनाभित्र फर्छ्याैट गर्ने अनुमानित लक्ष्य राखिएको छ ।

पत्रकार सम्मेलनमा २०७७ साल भदौ १ गतेबाट फरक मुद्दा व्यवस्थापन डिसीएम पद्धति नेपालमा लागु बताइएको थियो । सो अवसरमा बोल्दै उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिस्ट्रार शम्भु प्रसाद कोइरालाले फरक मुद्दा व्यवस्थापन डिसीएम पद्धति नेपालको सन्दर्भमा नयाँ आयाम भएको बताए । यो पद्धति पूर्वअनुमान योग्य पद्धति भएको र पुर्ण रुपमा कम्प्युटर सफ्टवेयरमा आधारित भएको बताए ।

सर्वोच्च अदालतले २०६१ सालदेखि पञ्च वर्षीय योजना मार्फत न्याय सम्पादनमा छिटो छरितो गरी सेवाग्राहीलाई झन्झटिलो न्यायिक सेवाबाट मुक्त गर्ने नीति लिएकोले आफुहरु त्यस प्रति गम्भीर रहेको रजिस्ट्रार कोइरालाको बताए ।