Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस धादिङ
२०७७ श्रावण २३ शुक्रबार १३:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालन

Read Time : < 1 मिनेट
रासस धादिङ
२०७७ श्रावण २३ शुक्रबार १३:०६:००

पहिराेका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ ।

यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गएराति ११ बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो ।   

पहिरो हटाई शुक्रबार बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले जानकारी दिए ।

थप पहिरो नखसे दुईदेखि तीन घण्टाभित्र पूर्णरूपमा हटाई दुईतर्फी यातायात सञ्चालन गरिने उनले बताए । सडक अवरुद्ध भएपछि काठमाडौंतर्फ धादिङको चरौँदी र चितवनतर्फ इच्छाकामना–३ फिस्लिङसम्म सवारी जाम भएकाे थियो ।