१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ श्रावण २३ शुक्रबार १२:५१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंका चुनाव : राजपाक्षेको दलले पायो अत्यधिक बहुमत, महेन्द्र राजपाक्षे प्रधानमन्त्री बन्ने सम्भावना

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ श्रावण २३ शुक्रबार १२:५१:००

दक्षिण एसियाली मुलुक श्रीलंकामा भएको चुनावमा राजपाक्षे दाजुभाइको दलले अत्याधिक बहुमत ल्याउन सफल भएको छ । 

राष्ट्रपति गोटाबाया राजपाक्षेले चुनावमा अत्याधिक बहुमत हासिल गरेको घोषणा गरेका छन् । 

योसँगै उनका भाइ महेन्द्र राजपाक्षे प्रधामन्त्री हुने सम्भावना बलियो बनेको छ, जसले कार्यवाहकका रुपमा भुमिका निर्वाह गरिरहेका छन् । 

राजपाक्षेको पार्टी श्रीलंका पिपुल्स फ्रन्टले दुई तिहाई बहुमत हासिल गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । 

पार्टीले कुल २ सय २५ सिटमध्ये एक सय ४५ सिट जित्न सफल भएको छ ।

नाै महिना पहिला भएको चुनावमा यस दलले राष्ट्रपति चुनाव पनि जितेको थियो । 

राजपाक्षे परिवारको वर्चस्व श्रीलंकाको राजनीतिमा रहँदै आएको छ । 

महेन्द्र राजपाक्षे सन २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति थिए । 

उनको पालामा नै श्रीलंकामा लामाे समयदेखि भुमिगत युद्धमा रहेका लिबरेसन टाइगर अफ तमिल इलम (लिट्टे) सँगकाे द्वन्द समाप्त भएको थियो । लिट्टेमाथि बल प्रयाेग गरेर उनकाे सरकारले द्बन्द समाप्त पारेकाे थियाे । 

उनको दलकाे विजयसँगै श्रीलंकाको भारत र चीनसँगको सम्बन्धमा देखापरेको उतारचढावमा पुनः एक पटक कुटनीतिक परिवर्तन आउने अनुमान गरिएको छ । 

कोरोना भाइरसको संक्रमणका बीच श्रीलंकामा चुनाव सम्पन्न भएको थियो । 

श्रीलंकामा हालसम्म २ हजार ८ सय ३९ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ११ जनाको निधन भएको छ ।