मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण २३ शुक्रबार ११:४१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बेरुत विस्फाेट : सरकारकाे विरोध गर्दै जनता सडकमा उत्रे

Read Time : < 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार ११:४१:००

भयानक ठुलो क्षति गर्ने विस्फाेटन खेपेका लेबनानको राजधानी बेरुतका सर्वसाधारण अन्ततः सरकारविरुद्ध सडकमा ओर्लेका छन् । 

प्रदर्शनमा उत्रेका सर्वसाधारण र सुरक्षा फैजबीच झडप भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । 

त्यहाँको संसद भवन नजिकै अश्रुग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । 

गत मंगलबार बेरुतमा भयानक ठुलो विस्फाेट भएकाे थियाे । विस्फाेटमा परेर कम्तिमा एक सय ३७ जनाको मृत्यु भएको थियो भने पाँच हजारभन्दा बढी मानिसहरु घाइते भएका थिए । 

२ हजार ७ सय ५० टन अल्मोनियम नाइट्रेड असुरक्षित तरीकाले भण्डारण गरेकाे गाेदाममा विस्फाेट हुँदा बेरुत सहर नै कम्पायमान हुन पुगेको थियो । 

उक्त अल्मोनियम नाइट्रेड ६ वर्ष अघिदेखि उक्त स्थानमा अत्यन्त असुरक्षित तरीकाले भण्डारण गरि राखिएको थियो । 

उक्त घटनामा दोषी भएको आरोपमा १६ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । 

लेबनानका जनताहरु भने भ्रष्ट सरकार र भ्रष्ट सरकारी अधिकारीहरुको गैरजिम्मेवारपनाका कारण यस्तो भयानक अवस्था आएको भन्दै बिरोधमा उत्रेका हुन् ।