Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
पुरुषोत्तम गिरी
२०७५ माघ १८ शुक्रबार ०७:२३:००
Read Time : < 1 मिनेट
समाचार

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

Read Time : < 1 मिनेट
पुरुषोत्तम गिरी
२०७५ माघ १८ शुक्रबार ०७:२३:००

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा सल्यानको कुमाख गाउँपालिकास्थित नारायण माविका शिक्षक हिमबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  उनले बुधबार कक्षा १० मा अध्ययनरत राजु हमाललाई कुटपिट गरेका हुन् । एसइईका तयारीका लागि कोठा लिएर बसिरहेका राजुलाई ट्युसन पढेर फर्किएपछि कुटपिट गरिएको उनका बुबा गणेश हमालले बताए । ‘उनले राजुको कोठामै गएर बाँसको लठ्ठीले कुटेर घाइते बनाएका छन्,’ उनले भने । 

विद्यालयका प्रधानाध्यापक देवेन्द्र रावतले विद्यार्थीलाई कुटपिट गरेको पाइएको बताए । ‘कक्षाकोठा बन्द गर्ने क्रममा शिक्षक भित्रै थुनिएका रहेछन् । त्यही रिसमा कुटपिट गरेको पाइएको छ,’ प्रधानाध्यापक रावतले भने । ट्युसन पढेर सबै विद्यार्थी घरतिर लागेको र अन्तिममा रहेका राजुले कक्षाकोठाको ढोका बन्द गरेको उनले बताए । शिक्षक भित्रै छन् भन्ने थाहा नपाएर ढोका बन्द गरेको प्रधानाध्यापक रावतले बताए । 

आफूलाई कक्षाकोठामै थुनेको सोचेर शिक्षक बुढाले राजुलाई कुटपिट गरेका हुन् । कुटपिटबाट उनी घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार गरिएको छ । तर, लट्ठीले धेरै चोट लागेकाले बाहिर लग्ने तयारी गरिएको उनको बुबा गणेशले बताए । विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिट गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए ।