मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २३ शुक्रबार ०६:१९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मेगा बैंकका ग्राहकलाई बिमा रकम भुक्तानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २३ शुक्रबार ०६:१९:००

मोेटरसाइकल दुर्घटनामा परी निधन भएका ग्राहकको परिवारलाई मेगा बैंकले बिमाबापतको रकम भुक्तानी गरेको छ । नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई बैंकले बिमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको हो । 

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ । गुल्मीको तम्घासस्थित नेपाली सेनाको वीरभद्रजंग गुल्ममा कार्यरत सैनिक जवान राना घरमा बिदामा गएका वेला धनगढीमा मोटरसाइकल दुर्घटना भई निधन भएको थियो । 

मेगा बैंक तम्घास शाखाका प्रबन्धक तेजेन्द्र कार्कीले वीरभद्रजंग गुल्मका गुल्मपति मेजर भूपेन्द्र गुरुङमार्फत सैनिक जवान रानाका बाबु टीकाराम रानालाई बिमाबापतको रकम हस्तान्तरण गरेको जनाइएको छ । न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बिमा गरिदिएको मेगा बैंककी सिइओ अनुपमाखुञ्जेलीले बताइन् ।