Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ श्रावण २३ शुक्रबार ०४:०७:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जाजरकोटका पहिरो पीडितलाई महिना दिनमा राहतमा दुई किलो चामल

Read Time : < 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार ०४:०७:००

१२ जनाको ज्यान जाने गरी गत २५ असारमा आएको पहिरोले विस्थापित भएका बारेकोट गाउँपालिका ४, ५ र ६ का एक हजारभन्दा बढी सर्वसाधारणले ओत पाउन सकेका छैनन् । दिनभर खुला आकाशको भर पर्नुपर्ने उनीहरूसँग बर्खाबाट जोगिन केही थान त्रिपाल मात्र छ । 

झन्डै महिना दिनदेखि जंगलभित्र त्रिपाल टाँगेर बसेका उनीहरूसँग न गतिलो वास छ, न त खाने अन्न नै । विपत्मा परेर विस्थापित भएको महिना दिन पुगिसक्दा पनि राज्यबाट सहायता नपाएको पीडित बिर्जित सार्कीले बताए । एउटा त्रिपालभित्र १२ जनाको परिवार बस्ने परेको छ, अर्का विस्थापित ७४ वर्षीय दुर्गा सार्कीले भने– वासको समस्या मात्र होइन, भोको पेटको समस्या पनि उस्तै छ ।

पहिरोका कारण सार्कीटोलका मात्र ३२ जनाको परिवार विस्थापित भएको छ । ‘खानेपानीका पाइपहरू पहिरोले बगाएका कारण पिउने पानीको समस्या पनि खेप्नुपरेको छ । खोलामा भल बनेर बगेको पानी पिउन बाध्य भएका छौँ,’ बिर्जित सार्कीले नयाँ पत्रिकासँग भने, जंगलको वास भएको छ, सर्प, बिच्छीको डर पनि उस्तै छ ।’

पहिरोपीडितका लागि तत्काल राहतस्वरूप प्रतिव्यक्ति दुई किलो चामल वितरण गरिएको थियो । त्यसयता उनीहरूले अन्य राहत पाएका छैनन् । स्थानीय शिक्षक तीर्थराज बोहराले राहतस्वरूप दिइएको दुई किलो चामल उहिल्यै सकिएकाले बनिबुतो गरेर पीडितहरूले भोक टार्ने गरेको बताए । संघीय सरकारका मन्त्री शक्तिबहादुर बस्नेतले पठाएका आठ सय त्रिपालमा यहाँका सर्वसाधारण ओत लागेका छन् ।