मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ श्रावण २२ बिहीबार १६:१७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

एक डाक्टरसहित कलैया अस्पतालका १० जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ श्रावण २२ बिहीबार १६:१७:००

बाराको एक मात्र जिल्ला अस्पतालको रूपमा रहेको कलैया अस्पतालमा एक  डाक्टरसहित १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरूमा एकजना डाक्टर, दुईजना नर्स, दुई जना स्विपर, एकजना फार्मेसीमा काम गर्ने, एकजना एक्सरे र बाँकी तीनजना अन्य रहेको अस्पतालका प्रमुख डाक्टर वीरेन्द्र मण्डलले जानकारी दिए । 

७४ जनाको रिपोर्ट आएकोमा १० जना संक्रमित भएका छन् भने २० जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख मण्डलले भने।

साउन २० गते ९४ जनाको स्वाब संकलन गरी वीरगन्जमा परीक्षण गराएकोमा उनीहरूमा पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले  संक्रमण बढ्दै गएको हुँदा सचेत र संवेदनशील हुन जिल्लावासीलाई आग्रह गरेका छन् ।