मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २२ बिहीबार १६:०२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नेकपा अध्यक्ष प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिपाेर्ट नेगेटिभ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २२ बिहीबार १६:०२:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । 

अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण गर्दा अध्यक्षको बाहिरी सुरक्षा घेरामा खटिएका ६ सुरक्षाकर्मीमा मात्र संक्रमण पुष्टि भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

बाहिरी घेरामा खटिने ६ जना सुरक्षाकर्मीबाहेक अन्यको कोरोना रिपोर्ट नेगेटिभ आएको अध्यक्ष दाहालका निजी सचिव गंगा दाहालले जानकारी दिइन् ।

कुपण्डोलमा रहेको विध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबमा अध्यक्ष दाहाल, परिवार, सचिवालयका सदस्य र सुरक्षाकर्मीलगायत ५३ जनाको कोरोना परीक्षण गरिएको थियो । रासस