मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २२ बिहीबार १५:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लिखु नदीले बगाउँदा युवा बेपत्ता

Read Time : < 1 मिनेट
२०७७ श्रावण २२ बिहीबार १५:५८:००

ओखलढुंगाको रानीवनमा एक युवालाई लिखु नदीले बगाएर बेपत्ता पारेको छ । 

जिल्लाको चम्पादेवी गाउँपालिका– १० रानीवन निगालेका ३६ वर्षीय रोहितकुमार ढुंगेललाई लिखु नदीले बगाएको हो ।
ढुंगेल बुबा र ससुरासँग गोठ सार्न गएका थिए । 

गाई बाख्रा खोला तार्ने क्रममा ससुरालाई नदीले बगाउन खोजेपछि बचाउने क्रममा उनलाई नै नदीले बगाएको वडा अध्यक्ष उज्जन बुढाथोकीले जानकारी दिए । 

पलापुबाट खटिएको प्रहरी टोली र स्थानीयले ढुंगेलको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले बताए । 

वर्षाको समय भएकाले लिखु नदीमा बाढी आएकाले उनको खोजी गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।